सुदूर नेपाललाई विश्वसँग जोड्दै

पुर्चौंडीमा हाजिर भए नयाँ प्रमुख प्रशासकीय अधिकृत पोखरेल

२०८३ वैशाख १६, ०४:४२ खबर संवाददाता

बैतडी: बैतडीको पुर्चौंडी नगरपालिकामा नयाँ प्रमुख प्रशासकीय अधिकृत सरोजकुमार पोखरेल हाजिर भएका छन् । 

नेपाल सरकारका उपसचिव पोखरले आज प्रमुख प्रशासकीय अधिकृत रुपमा नगरपालिकामा हाजिर भएका नगरपालिकाका सूचना अधिकारी प्रविन धानुकले बताए । 

गएको भदौ १३ गते उद्योग वाणिज्य तथा आपूर्ती मन्त्रालयको उद्योग विभागबाट पोखरेललाई पुर्चौंडी नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा सरुवा गरेको थियो । सरुवा भएको सात महिनापछि पोखरेल नगरपालिकामा हाजिर भएका हुन् । 

सरकारले काजमा बसेका कर्मचारीहरुलाई सरुवा भएकै ठाउँमा जान भनेपछि पछिल्लो समयमा सरुवा भएका कर्मचारीहरु दरबन्दी भएकै ठाउँमा हाजिर हुन थालेका छन् । 

नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत संघीय सरकारको उपसचिव हुने व्यवस्था भएपनि यसअघि शिक्षा सेवाको नवौं तहका उपसचिव बिरबहादुर नेपालीले प्रमुख प्रशासकीय अधिकृतको रुपमा काम गर्दै आएका थिए । 

यसैबीच पुर्चौंडी नगरपालिकामा हाजिर भएका नयाँ प्रमुख प्रशासकीय अधिकृत पोखरेललाई एक कार्यक्रमकाबीच स्वागत गरिएको छ । नगर प्रमुख दिपकबहादुर बम, उपप्रमुख मीना धानुक, नगरपालिकाका अन्य जनप्रतिनिधि र कर्मचारीहरुको उपस्थितीमा प्रमुख प्रशासकीय अधिकृत पोखरेलको स्वागत गरिएको हो । 

कमेन्ट लोड गर्नुस