सुदूर नेपाललाई विश्वसँग जोड्दै

यातायात कार्यालय धनगढीबाट लाइसेन्स वितरण कार्य सुरु

२०८३ वैशाख १६, ०४:३७ जयन्त सिंह भाट

धनगढीः यातायात व्यवस्था कार्यालय धनगढीले विभागले सवारी चालक अनुमति पत्र (लाइसेन्स) वितरण कार्य सुरु गरेको छ। 

आजबाट उक्त सेवा सुरु गर्रिको कार्यालयका सुचना अधिकारी सुरेश ओखेडाले बताए। उनका अनुसार यातायात व्यवस्था विभागले धनगढी कार्यालयलाई सवारी चालक अनुमति पत्र (लाइसेन्स) प्रिन्ट गरेर ३१ हजार ७८० व्यक्तिको लाइसेन्स पठाएको छ।  

२०७८ साल पुसदेखि २०८१ साल चैतसम्मका ३१ हजार ५८५ हजार तथा ०८३ साल वैशाख ४ गतेदेखि वैशाख ७ गतेसम्मका १९५ जनाको लाइसेन्स प्राप्त भएको उनले बताए । कार्यालयले सेवाग्राहीलाई राजश्व बुझाएको भौचर वा निस्सासहित कार्यालयमा उपस्थित भएर लाइसेन्स बुझ्न आग्रह गरेको छ । लाइसेन्स प्राप्त भए/नभएको वा कार्यालयमा पुगे/नपुगेकोबारे थाहा पाउन कार्यालयको फेसबुक पेज जाँच गरेर मात्र आउन उनले आग्रह गरेका छन्।  

सरकारले गत चैतमा नयाँलाई ट्रायल पास भएको २४ घण्टा भित्र सवारी लाइसेन्स प्रिन्ट गरि प्रदान गर्ने घोषणा गरेको थियो । सोही अनुसार अहिले सवारीचालक अनुमति पत्र धमाधम वितरण भईरहेका छन्।  लामो समयपछि लाइसेन्स पाउँदा सेवाग्रहीहरु पनि सरकारको उक्त निर्णयप्रति उत्साहित छन्। 


 

जयन्त सिंह भाट दिनेश खवरका संवाददाता हुन। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस