सुदूर नेपाललाई विश्वसँग जोड्दै

रात्रि बस दुर्घटनामा दुईको मृत्यु, ३४ घाइते

२०८० मंसिर १३, ०८:२१ खबर संवाददाता

तनहुँः पृथ्वी राजमार्ग अन्तर्गत व्यास नगरपालिका–१२ घाँसी कुवा, चिसौदींमा रात्रि कालिन बस बुधवार बिहान ५ः५० बजे दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने ३४ जना घाइते भएका छन्।

धरानबाट पोखरा जाँदै गरेको ७८९५ नम्बरको बस अनियन्त्रित भई सडकबाट करिब १० मिटर तल खस्दा दुर्घटना भएको प्रहरीले जनाएको छ। मृतक दुई मध्य एकको पहिचान खुलेको र एकको पहिचान खुल्न बाँकी रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँका प्रमुख राजीव विष्टले बताए।

धनकुटाको साँघुरी गढी बस्ने ४५ वर्षीय हस्तको राई मृत्यु भएको र एकको सनाखत हुन बाँकी रहेको उनले जानकारी दिए। घाइतेको दमौली स्थित रत्न हरी अस्पतालमा २२ जना र दमौली अस्पतालमा १२ जनाको उपचार भइरहेको छ। घाइते मध्ये रञ्जित परियारको थप उपचारको लागि पोखरा रिफर गरिएको छ। दुर्घटनामा घाइतेको पुरा विवरण सङ्कलन भइरहेको प्रमुख विष्टले बताए।
 

कमेन्ट लोड गर्नुस