सुदूर नेपाललाई विश्वसँग जोड्दै

बेहेडाबाबालाई विश्वप्रसिद्ध सूचीमा राख्न पुरातात्व विभागको तयारी

२०८० मंसिर ९, ०९:२१ खबर संवाददाता

धनगढीः कैलालीको धनगढी उपमहानगरपालिका–१६ मा रहेको प्रसिद्ध धार्मिकस्थल बेहेडाबाबालाई विश्व सम्पदा सूचीमा राख्नको लागि अध्ययन सुरु गरिएको छ।

बेहडाबाबा मन्दिरलाई विश्वप्रसिद्ध सूचिमा राख्न पुरातात्व विभागले तयारी गरेको हो। शनिवार पुरातत्व विभागको ईन्जिनियर केशब शर्माको टोलीले बेहेडाबाबाको प्रारम्भीक अध्यन गरेको छ। ईन्जिनियर शर्मा सहित धनगढी उपमहानगरपालिकाका पुर्व मेयर नृपबहादुर वड, मन्दिर समितिका अध्यक्ष पदमराज जोशी र स्थानीयको रोहेबरमा अध्ययन गर्न थालिएको हो।

मन्दिर परिसरमा रहेका पूरातात्विक सम्पदा र पुजापाठ स्थललाई असर नपर्ने गरी मन्दिरलाई थप व्यवस्थित गरिने लागिएको मन्दिरका अध्यक्ष पदमराज जोशीले बताए। 
 

कमेन्ट लोड गर्नुस