पूर्वराजा ज्ञानेन्द्र शाहले भोलि झापामा शक्ति प्रदर्शन गर्ने
काठमाडौँः पूर्वराजा ज्ञानेन्द्र शाह पक्षले भोलि (शनिवार) झापामा अघोषित रुपमा शक्ति प्रदर्शन गर्ने भएको छ। पूर्व राजा ज्ञानेन्द्र शाह शनिवार झापाको विर्तामोडमा एउटा कलेजको उद्घाटन कार्यक्रममा सहभागि हुँदैछन्। उनी झापा आएको समयमा राजावादीले शक्ति प्रदर्शन गर्न लागेका हुन्।
शनिवार दिउँसो शाहले झापाको विर्तामोडको रामचोकमा रहेको इकम कलेज र कलेजमा निर्माण गरिएको पूर्वराजा पृथ्वीनारायण शाहको शालिक अनावरण गर्ने कार्यक्रम छ। काठमाडौँमा दुर्गा प्रसाईंले राजाको पक्षमा शक्ति प्रदर्शन गरिरहेका छन्। प्रसाईंको प्रदर्शन चलिरहेका बेला झापामा औपचारिक कार्यक्रममा शाह सहभागि हुन लागेका हुन्।
पूर्व राजा शाहलाई नागरिकतहबाट स्वागत गर्ने तयारी भइरहेको राप्रपा कोशी प्रदेश अध्यक्ष राम थापाले बताए। शनिवार कार्यक्रम स्थलसम्म राजावादी पक्षले मोटरसाइकल ¥यालीसहित लैजाने तयारी रहेको थापाले बताए। ‘पार्टीबाट होइन नागरिकको तहबाट स्वागत गर्ने तयारी छ,’ उनले भने, ‘होटलदेखि कार्यक्रम स्थलसम्म मोटरसाइकल ¥यालीसहित उहाँलाई ल्याउने तयारी छ।’ उनका अनुसार ¥याली र पूर्व राजाको स्वागतमा राष्ट्रीय झण्डा प्रदर्शन हुनेछ। पूर्वराजा आउने र उनी पक्षधरले शक्ति प्रदर्शन गर्ने तयारी गरेपछि स्थानीय प्रशासनले सुरक्षा सतर्कता अपनाएको छ।