सुदूर नेपाललाई विश्वसँग जोड्दै

बालुवाटारमा प्रधानमन्त्री प्रचण्ड, देउवा र ओलीबीच छलफल

२०८० मंसिर ५, ०९:०४ खबर संवाददाता

काठमाडौँ: प्रधानमन्त्री निवास बालुवाटारमा आज प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा र नेकपा एमाले अध्यक्ष केपी ओलीबीच छलफल भएको छ।

विस्तृत शान्ति सम्झौताको १७ वर्ष पूरा भएको सन्दर्भमा प्रधानमन्त्री प्रचण्डले शीर्ष बैठक बोलाएका बताइएको छ। शान्ति सम्झौताको १७ वर्षमा भएका प्रगति र अनुभवको समीक्षा तथा आगामी दिनको योजना बनाउने सन्दर्भमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। 

कमेन्ट लोड गर्नुस