बसको ढोकाबाट खसेर एक जनाको मृत्यु

बसको ढोकाबाट खसेर एक जनाको मृत्यु भएको छ। बिहीबार बिहान रामेछापको गोकुलगङ्गा गाउँपालिका बेतालीबाट मन्थलीतर्फ आउँदै गरेको बा ३ ख ९६६२ नम्बरको बसको ढोकाबाट खसेर गोकुलगङ्गा ४ का ६५ वर्षीय होम प्रसादको मृत्यु भएको प्रहरीले जनाएको छ।
अरनिको यातायात सेवा समितिको गाडी प्रितिबाट काठमाण्डौको लागि छुटेको थियो। घटना लगत्तै गाडी र चालकलाइ नियन्त्रणमा लिएको र थप अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी निरीक्षक शेख अदालतले जानकारी दिए।




