कैलाली ५मा रास्वपाका चन्दको विजय निश्चित
धनगढीः कैलाली निर्वाचन क्षेत्र नं। ५ मा राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का आनन्द बहादुर चन्दको जित लगभग निश्चित भएको छ। मतगणनामा उनले फराकिलो अग्रता कायम राखेकाले उनको विजय घोषणा हुन मात्रै बाँकी रहेको छ।
हालसम्मको मतपरिणाम अनुसार चन्दले २७ हजार ७७ मत प्राप्त गरेका छन्। उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका नरनारायण शाह ९मनु० ले ९ हजार ७८४ मत मात्र पाएका छन्।
अझै केही मत गन्न बाँकी रहे पनि चन्दको मतान्तर निकै ठूलो भएकाले उनको जित निश्चितजस्तै भएको बताइएको छ।