सुदूर नेपाललाई विश्वसँग जोड्दै

३६ बर्षदेखि पश्चिम सेतीका लागि पर्खिरहेको तल्कोट सेरा

पश्चिम सेतीकाे पावर स्टेसन बन्ने सेरा/तस्बिर: . हेमराज पन्त
पश्चिम सेतीकाे पावर स्टेसन बन्ने सेरा/तस्बिर: . हेमराज पन्त
२०७६ वैशाख १९, ११:०६ नवराज पनेरु

३६ बर्षदेखि अल्झिएको पश्चिम सेतीलाई कसरी अगाडी बढाउने भन्ने अन्यौलता अझै सुल्झिन सकेको छैन्। चिनियाँ कम्पनी थ्री गर्जेजसंगको सम्झौता खारेज गरेपछि पश्चिम सेतीको निर्माण कार्यलाई कुन ढाँचामा अगाडी वढाउने भनेर देखिएको अन्यौलताले निकास पाउन सकेको छैन्। सरकारले ३६ वर्षदेखि अलपत्र अवस्थामा परेको पश्चिम सेतीलाई अवको बाटो तय गर्नका लागि अध्ययन गर्ने बताए पनि अहिले सम्म टुङगो लागेको छैन्। प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा मंगलबार बसेको सञ्चालक समितिको बैठकले ७ सय ५० मेगावाट जडित क्षमताको आयोजना निर्माणको लागि नयाँ मोडल खोजी गर्ने भन्दै अर्थमन्त्री युवराज खतिवडा, ऊर्जामन्त्री वर्षमान पुन र लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारी सम्मिलित समिति गठन गरेको थियो। उच्च स्तरीय समिति गठन गरिएको लामो समय भईसक्दा समेत आयोजना कुन मोडलमा निर्माण गर्ने पहिचान गर्न भने सकिएको छैन्। 

राजनीतिक खिचातानीले तीन देशका तीन कम्पनीले ३६ बर्षसम्म अल्झाएको पश्चिम सेती जलविद्युत आयोजना कसरी निर्माण गर्ने विषयमा समेत टुङगो नलाग्दा स्थानीयामा निराशा बढेको छ। आयोजनाको पावर स्टेशन निर्माण हुने भनिएको डोटीको सेरा क्षेत्रबा वासिन्दामा झनै निराशा छ। विसं २०३९ देखि पश्चिम सेती परियोजन निर्माण हुने हल्ला चलेको थियो। त्यसपछि डोटी, डडेल्धुरा, बैतडी र बझाङ हुँदै बग्ने पश्चिम सेती नदीमा विद्युत आयोजना निर्माण गर्ने प्रस्ताव सहित विभिन्न कम्पनीले हात हालेका छन्। सो बेला तत्कालीन राजा, रानीको फ्रान्स भ्रमणमा रहेका बेला फ्रान्सका कम्पनीहरुलाई नेपालमा पनि जलविद्युत आयोजना निर्माण गर्न आग्रह गरेका थिए। झन्डै ३६ वर्षअघि फ्रान्सेली कम्पनी सोग्रेहले अध्ययन गरी विद्युत उत्पादन गर्न सकिने प्रस्ताव गरेको थियो। सो बेला झण्डै १ सय ३५ मेगावाटको विद्युत गर्ने योजना बनाईएको थियो। ७ सय ५० मेगावाट विद्युत उत्पादन गर्ने परियोजना २०५० सालतिर बनेको थियो। २०५१ सालमा स्मेकलाई विद्युत उत्पादनको सर्वे गर्ने जिम्मा दिइयो भने २०५४ सालमा सरकारले स्मेकलाई आयोजनाको निर्माणको अनुमति नै दियो।

तर स्मेकले अनेक बहानामा आयोजनाको काम अघि बढाएन र सम्झौता गरेको १६ वर्षपछि २०६६ सालमा सरकारले स्मेकसँगको सम्झौता तोड्यो। २०६६ सालमा अष्ट्रेलियन कम्पनी स्मेकसँग पश्चिम सेती आयोजनाको लागि सम्झौता तोडेको सरकारले २०६८ सालमा चीनको थ्री गर्जेसँग विद्युत आयोजना निर्माणको लागि समझदारी पत्रमा हस्ताक्षर ग¥यो। थ्री गर्जेजले पनि आयोजना बनाउन अस्वीकार गरेसंगै पश्चिम सेती निर्माणमा अन्योलमा बढ्दै गएको हो। बच्चा हुँदादेखि सुनेकोे परियोजना बुढो हुन लाग्दा समेत केही प्रक्रिया अगाडी नबढ््दा प्रभावित क्षेत्रसंगै प्रदेश सुदूरपश्चिम बासिन्दालाई चिन्तित तुल्याएको छ। बैतडी, डोटी, बझाङ र डडेल्धुराका दुई हजार भन्दा धेरै परिवारलाई विस्थापित गरेर पश्चिम सेती बनाउने तयारी भएपछि सो क्षेत्रमा विकासका योजना नगएको पनि बर्षाै भईसकेको हो।  पश्चिम सेती परियोजना प्रभाव क्षेत्रमा लगानी गरेपछि डुवान हुने भन्दै सरकारको लगानी रोकिएको छ। विकास निर्माणका कार्यहरु सडक, खानेपानी, सिचाई, शिक्षा जस्ता आधाभुत कुराहरुबाट परियोजना बन्ने हल्लाले बञ्चित हुनपरेको स्थानीयको चन्द्र ओझाले बताए। 

उनका अनुसार परियोजना बन्ने आशै आसमा ढुङ्गाड, तलारा, आदर्शनगर, थलरा लगायतका दर्जनौ गाउँहरु अहिले सम्म पनि अन्धकारमा बसेका छन् भने अन्य विकासवाट समेत वञ्चित छन्। उनीहरुले विस्थापीत हुनुपर्ने भन्दै एउटा बोट समेत रोपेका छैनन्। पटक–पटक पश्चिम सेती परियोजनाका लागि विभिन्न देशका निर्माण कम्पनी सगं सम्झौता गरेपनि परियोजना लागु हुने स्थानमा कम्पनी नपुग्दै सेलाउने गरेको छ। ३६ वर्षअघि फ्रान्सेली कम्पनी सोग्रेह हुँदै अस्ट्रेलियाको स्मेक र अहिले चिनीयाँ कम्पनी थ्रि गर्जेजले निर्माण गर्न अस्विकार गरेपछि विस्तारै परियोजना बन्ने आशा पनि मर्दै गएको डोटी उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष नरेन्द्र खड्काले बताए।

 नवराज पनेरु दिनेश एफएमका सम्पादक हुन्। उनले कला साहित्य, खेलकुद, विकास निर्माण र समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस