सुदूर नेपाललाई विश्वसँग जोड्दै

दार्चुलामा पालिका अध्यक्ष सवार गाडी दुर्घटना

२०८० कार्तिक ३०, ०४:३१ खबर संवाददाता

धनगढीः दार्चुलामा गाउँपालिका अध्यक्ष सवार गाडी दुर्घटनामा परेको छ। जिल्लाको नौगाड गाउँपालिका अध्यक्ष दलजितसिंह धामी सवार गाडी दुर्घटना भएको हो ।

जिल्लाकाे नौगाड गाउँपालिका वडा नम्बर २ स्थित सुण्डमुण्डबाट होपरिगाडतर्फ गइरहेको प्रदेश न ३-०२२ च ५१२९ नम्बरको बोलेरो जिप नौगाड गाउँपालिका-३ स्थित बगड जामिरमा दिउँसो साढे १२ बजेतिर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक शिवसिंह सिंहले बताए।

जिप दुर्घटना हुँदा चालक जयभान सिंह ठगुन्ना गम्भीर घाइते भएका छन् भने गाउँपालिका अध्यक्ष धामीलाई सामान्य चोट लागेको छ । घाइते दुबैको गोकुलेश्वर अस्पतालमा उपचार भइरहेको प्रहरी नायब उपरीक्षक सिंहले बताए। 

कमेन्ट लोड गर्नुस