सुदूर नेपाललाई विश्वसँग जोड्दै

बाजुरामा कर्णाली नदी सफाई अभियान सुरु

२०७६ वैशाख १८, १०:५८ प्रकाश सिंह

कर्णाली नदी फोहोर बन्दै गएपछि नागरिक समाजले सफाई  अभियान सञ्चालन गरेको छ। नदीमा जथाभावी फोहोर फाल्ने प्रवृत्तिका कारण दुर्गन्धित  बन्दै गएपछि नागरिक समाजले कर्णाली नदी सफाई अभियान सञ्चालन गरेको नागरिक सेवा सरोकार मञ्च बाजुराका अध्यक्ष जनेश भण्डारीले बताए।

मञ्चले कर्णाली नदीमा फालिएको फोहोर संकलन गरेर व्यवस्थित गर्ने काम सुरु गरेको छ। अब देखि हरेक हप्ताको एक दिन कर्णाली नदी सफाई गर्ने कार्यक्रम तय गरिएको छ। नदीमा जथाभावी फालिएको फोहोरलाई एकत्रित गरी व्यवस्थापन गर्दै दुर्गन्ध फैलिन नदिने योजनाका साथ आसपासका स्थानीयलाई घर तथा पसलबाट निस्कने फोहोर स्वयंम व्यवस्थापन गर्न आग्रह समेत गरिएको छ।

सरसफाई अभियानमा नागरिक समाजसंगै स्थानीय व्यापारी, समाजसेवी तथा प्रहरीको समेत सहभागिता रहेको छ भने अभियान अन्तरगत बाजुराको कवाडी देखी कालीकोटको लालुसम्मको करिब ४४ किलोमिटर क्षेत्रमा सरसफाई गर्ने योजना रहेको छ। यस्तै कर्णाली नदीको छेउछाँउमा खुल्ला रुपमा शौच गर्न समेत रोक लगाईएको छ।

बाजुरा सहित छिमेकी जिल्ला अछाम, हुम्ला, मुगु, दैलेख हुदै बग्ने कर्णाली नदी फोहोरका कारण  दिनप्रतिदिन दुर्गन्धित बन्दै गएको छ। नदीमा फोहोरसंगै पेय पदार्थका खाली सिसा र बोतल समेत फाल्ने क्रम बढ्दै गएको स्वामीकार्तिक गाँउपालिकाका निमित्त कार्यकारी कुबेर शाहीले वताए। नदीमा फालिएका सिसा र बोतलले समेत समस्या निम्ताइरहेको भन्दै चिन्ता व्यक्त गरिएको छ।     

प्रकास सिह दिनेश खवरका बाजुरा संवाददाता हुन्।

कमेन्ट लोड गर्नुस