सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा घरेलु मदिरा बरामद गरी नष्ट

२०८० कार्तिक १५, १०:१७ खबर संवाददाता

धनगढीः धनगढीमा घरेलु मदिरा बरामद गरी नष्ट गरिएको छ। धनगढी उपमहानगरपालिका–२ बाट प्रहरीको टोलीले दुई हजार पाँच सय लिटर घरेलु मदिरा बरामद गरेर नष्ट गरेको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक सन्तोष बस्यालको नेतृत्वमा खटिएको १५ जना प्रहरीको टोलीले अवैध रुपमा बनाइएको घरेलु रक्सी र भाडाकुँडा बरामद गरेको बताइएको छ।
 

कमेन्ट लोड गर्नुस