सुदूर नेपाललाई विश्वसँग जोड्दै

दार्चुलामा पुलबाट खसेर एक पुरूष बेपत्ता

२०८० कार्तिक १३, ०४:३१ खबर संवाददाता

दार्चुलाः  दार्चुलामा पुलबाट खसेर एक पुरूष बेपत्ता भएका छन्। जिल्लाको शैल्यशिखर नगरपालिका–९ गोकुलेश्वर स्थित पुलबाट खसेर एक पुरूष चमेलिया नदीमा बेपत्ता भएको स्थानीयले बताएका छन्।

पुलबाट खसेर चमेलिया नदीमा बगेका पुरूषको पहिचान भने खुल्न सकेको छैन। स्थानीयले एक पुरुष बगेको खबर गरेपछि सशस्त्र प्रहरी, नेपाल प्रहरीको टालीले खोजतलास गरिहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ।

कमेन्ट लोड गर्नुस