सुदूर नेपाललाई विश्वसँग जोड्दै

पुनर्निर्माणमा कार्यरत प्राविधिकहरु काममा फर्कन सहमत

। फोटो स्रोत ।
२०७६ वैशाख १६, ०४:३४ खबर संवाददाता

पुनर्निर्माणमा कार्यरत प्राविधिकहरु काममा फर्कन सहमत भएका छन्। नेपाल इन्जिनियर्स एशोसियसन, राष्ट्रिय पुनर्निर्माण प्राधिकरण र प्राधिकरणमा कार्यरत प्राविधिकबीच भएको छलफलमा प्राविधिक तत्काल काममा फर्कन सहमत भएका हुन्। 

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले भूकम्प प्रभावितको संवेदनशीलता र पुनर्निर्माणको महत्वलाई ध्यान दिई काममा लाग्न र गाउँपालिका तथा नगरपालिकामा पुनर्निर्माण कार्यको नेतृत्व लिन प्राविधिकलाई निर्देशन दिए।

काममा नखटिए राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले विभागीय कारबाही गर्ने भएको छ। प्राविधिक अविनाश अमरले मागहरु पूरा भएको र काममा खटिने बताए। प्राविधिकहरुले अतिरिक्त भत्ता र सुविधाको माग राखी आन्दोलन गर्दै आएकोमा गएको हप्ता बसेको मन्त्रिपरिषद्को बैठकले पुनर्निर्माणमा कार्यरत प्राविधिकलाई अतिरिक्त भत्ता र सुविधा उपलब्ध गराउने निर्णय गरेको थियो।
 

कमेन्ट लोड गर्नुस