सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूर पहाडमा असिना पानी, बालीनालीमा नोक्सानी

२०८० असोज २९, ०१:५१ खबर संवाददाता

धनगढीः सुदूरपश्चिम प्रदेशका केहि पहाडी जिल्लामा असिना पानी परेको छ। पहाडी जिल्लामा आइतबार रातिको असिना पानीले बालीनालीमा क्षति पुगाएको छ।

दार्चुला, बैतडी, डोटी, डडेलधुरा, अछाम लगायतका जिल्लामा असिना पानीले धान, भटमास, कोदो र तरकारीमा क्षति पुगाएको छ।

दार्चुलामा हावाहुरीसहित असिना पानी परेको छ। बैतडीका पुरचौडी, डिलासैनी, दोगडाकेदार, सिगास गाउँपालिकामा पनि असिना पानीले क्षति पुगाएको छ।

कमेन्ट लोड गर्नुस