बैतडीमा ट्र्याक्टर दुर्घटना: एक जनाको मृत्यु
बैतडी: बैतडी जिल्लाको सिगास गाउँपालिका–८ लुपुणस्थित सानिगाडा खोला नजिक ट्र्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने चालक घाइते भएका छन्।
सु.प.प्र. ०१–००१ प १३८४ नम्बरको ट्र्याक्टर सडकबाट करिब ३०० मिटर तल खस्दा लुपुण तोलखेत बस्ने २५ वर्षीय लोकेन्द्र बोहराको घटनास्थलमै मृत्यु भएको हो। दुर्घटनामा ट्र्याक्टर चालक ३५ वर्षीय दान बहादुर धामी घाइते भएका छन्।
दुर्घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षकले जानकारी दिए।