सुदूर नेपाललाई विश्वसँग जोड्दै

‘ओभर टाइम’ काम गर्दा इन्डोनेसियामा २७२ को मृत्यु

२०७६ वैशाख १६, १०:२९ खबर संवाददाता

दक्षिण पूर्वी देश इन्डोनेसियामा गत हप्ता भएको आमनिर्वाचनको मत गणनाको क्रममा २७२ जनाको मृत्यु भएको छ। अझै १ हजार ८७८ जना कर्मचारीहरु विरामी परेको बीबीसीले जनाएको छ। निर्वाचन आयोगका प्रवक्ता आरिफ प्रियो सुसान्तोले भनेका छन – लाखौं मतपत्र हातले गन्नु परेकाले कर्मचारीहरु थाकेर बिरामी परे र २७२ जनाको मृत्यु भयो।

उनका अनुसार, ७ लाख जनाले मतगणना र निगरानीमा सहयोग गरेका थिए। उनीहरुले चर्को गर्मीमा रातभर काम गरेका थिए। इन्डोनेसियामा १९ करोड ३० लाख मतदाताले राष्ट्रपति चुनावको साथ–साथ स्थानीय चुनावमा भाग लिएका थिए। यही १७ अप्रिलमा भएको निर्वाचनमा ८ लाख मतदान केन्द्र तोकिएको थियो। निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न गर्न धेरै संख्यामा कर्मचारीहरु परिचालन गरिएको थियो। तर, उनीहरुको स्वास्थ्य जाँच गराइएको थिएन।

निर्वाचन आयोगका प्रवक्ता भन्छन्– त्यसै कारण २७२ जना ओभर टाइमको बिरामीले मरे। यो निकै दुःखद् घटना हो । यस्तो होला भन्ने कल्पना पनि गरिएको थिएन। निर्वाचन आयोगले मृत्यु भएकाका परिवारलाई २५ सय डलरको दरले राहत दिने जनाएको छ। निर्वाचन परिणामपछि सुरुमा जोको विडोडो र विपक्षी नेता प्राबाओ सुबियान्तोले आ–आफ्नो जित भएको दाबी गरेका थिए। तर, निर्वाचन आयोगले जोको विडोडो नै राष्ट्रपति निर्वाचित भएको घोषणा गरेको छ।
 

कमेन्ट लोड गर्नुस