सुदूर नेपाललाई विश्वसँग जोड्दै

तलब नपाएको भन्दै जेट एयरवेजका कर्मचारीद्धारा आत्महत्या

२०७६ वैशाख १५, १०:२२ खबर संवाददाता

आर्थिक संकटसँग जुधिरहेको भारतीय एयरलाइन जेट एयरवेजका एक वरिष्ठ कर्मचारीले आत्महत्या गरेका छन। प्रहरीले दिएको जानकारी अनुसार ५३ वर्षीय शैलेषकुमार सिंहले आत्महत्या गरेका हुन्। उनी गएको तीन वर्षदेखि क्यान्सरका बिरामी थिए। 

गएको चार महिनादेखि आर्थिक समस्याका कारण उनको हालत बिग्रिएको थियो। प्रहरीका अनुसार उनलाई गएको मार्च महिनादेखि तलब दिइएको थिएन। उनी अस्पतालमा भर्ना भएका थिए। शुक्रबार अस्पताबाट निकालेर उनलाई घर लगिएको थियो। शुक्रबार साँझ नै उनले घरको चौथो तल्लाबाट फरालेर आत्महत्या गरे।

शैलेष सिंहका जेठो छोरा पनि जेट एयरवेजमा नै काम गर्थे। जेट एयरको उडान बन्द भएकाले उनको पनि तलब आएको छैन। जेट एयरवेज सञ्चालनमा नआउँदा कम्पनीमा कार्यरत कयौँ कर्मचारीहरु आर्थिक संकटमा जुधिरहेको बताएका छन्। 
 

कमेन्ट लोड गर्नुस