सुदूर नेपाललाई विश्वसँग जोड्दै

कक्षा १२ को वार्षिक परीक्षा आजदेखि, ४ लाख २८ हजार ५२ जना परीक्षार्थी सहभागी

२०७६ वैशाख १५, ०८:४१ खबर संवाददाता

कक्षा १२ को वार्षिक परीक्षा आजदेखि सुरु भएको छ। पहिलो दिन आइतबार अंग्रेजी विषयको परीक्षा भैरहेको छ। परीक्षाका लागि चार लाख २८ हजार ५२ जना परीक्षार्थीले फाराम भरेको राष्ट्रिय परीक्षा  बोर्डले जनाएको छ। सबैभन्दा कम मनाङमा ५९ जना र सबैभन्दा धेरै काठमाण्डौमा ६२ हजार ५ सय ८८ परीक्षार्थीले फाराम भरेको बोर्डले जनाएको छ।

देशभर १ सय ७ परीक्षा केन्द्र कायम गरिएको बोर्डले जनाएको छ। परीक्षालाई मर्या्दित बनाउन १३ हजार २ सय ८४ जना सुरक्षाकर्मी परिचालन गरिएको छ। परीक्षाको नियम उल्लंघन गर्नेलाई छ महिना कैद र एक लाख रुपियाँसम्म जरिवाना गरिने बोर्डले जनाएको छ।

यसैबीच प्रश्नपत्रको सुरक्षाका लागि प्रश्नपत्र राखिएको कोठामा सीसीटीभीमार्फत निगरानी गरिएको पनि बोर्डले जनाएको छ। परीक्षामा अनियमितता हुन नदिन यसपटकबाट थप कडाइ गर्ने गरिएको  हो। १२ कक्षाको परीक्षा वैशाख २९ गतेसम्म चल्नेछ भने ११ कक्षाको बार्षिक परीक्षा पनि वैशाख २९ गतेबाट नै सुरु हुनेछ।

कमेन्ट लोड गर्नुस