सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरमा हात्तीको बथानले तीन घर भत्कायो

२०८० असोज १८, ०२:०५ खबर संवाददाता

कञ्चनपुरः कञ्चनपुरमा हात्तीको बथानले तीनवटा घर भत्काइदिएको छ। जिल्लाको उत्तरी चपरतला गाउँमा जंगली हात्तीको बथानले तीन घर भत्काइदिएको हो।

बुधबारराति हात्तीको बथानले कृष्णपुर नगरपालिका–४ स्थित चपरतलाका तीन घर भत्काइदिएको छ। कृष्णपुर नगरपालिका–४ का वडाध्यक्ष धर्मबहादुर सिंहले जंगली हात्तीले गाउँ पसेर घर तथा अन्नबालीमा क्षति गरेको बताए। वडाध्यक्ष सिंहका अनुसार श्यानु चौधरी, गोपाल चौधरी र जयराज चौधरीको घर भत्काइदिएको छ।

हात्तीले बस्ने घरै भत्काइदिएपछि पीडितको परिवारको बिचल्ली भएको छ। सो गाउँका १५ स्थानीयको झन्डै साढे तीन–चार बिघाको धानबाली नष्ट गरिएको छ। पाक्नै लागेको धानबाली हात्तीले नष्ट गरिदिएपछि किसान मर्कामा परेका छन्।

कमेन्ट लोड गर्नुस