सुदूर नेपाललाई विश्वसँग जोड्दै

नेपाल वाङ्ममय परिषद्को नयाँ कार्यसमिति गठन

२०७६ वैशाख १४, ०५:५४ खबर संवाददाता

कला साहित्यको क्षेत्रमा विभिन्न कार्यक्रम गर्दै आएको नेपाल वाङ्ममय परिषद्को दोस्रो  साधारण सभाबाट नयाँ कार्यसमिति चयन भएको छ। परिषद्का पूर्व अध्यक्ष डा.पुष्कर भट्ट अध्यक्ष रहने गरी नयाँ कार्य समिति गठन भएको हो। उपाध्यक्षमा बाबुराम आचार्य, अम्बिका भण्डारी, महासचिवमा लक्ष्मीराम आचार्य, सचिवमा दिपसागर पन्त र कोषाध्यक्षमा कुसुुम भट्ट चयन भएका छन्। सदस्यहरुमा जनक रसिक, यमराज जोशी, योगराज आचार्य, चक्र चुनारा, रामचन्द्र जोशी, मेघनाथ खनाल, नगेन्द्र गिरी रहेका छन्।

 आगामी दिनमा समेत सुदूरपश्चिमका कला, भाषा र संस्कृतिको क्षेत्रमा वाङ्ममय परिषद्ले महत्वपूर्ण भुमिका निर्भाह गर्ने अध्यक्ष भट्टको प्रतिबद्धता छ। उनले नयाँ कार्यसमितिलाई सकृय भएर काम गर्न सहयोग गर्न पनि आग्रह गरेका छन्।
 

कमेन्ट लोड गर्नुस