कञ्चनपुरमा लागूऔषधसहित तीन जना पक्राउ

कञ्चनपुरः कञ्चनपुरमा लागूऔषधसहित तीन जना पक्राउ परेका छन्। जिल्लाको भीमदत्त नगरपालिका वडा नम्बर-६ ऐठपुरबाट ३.३९ ग्राम खैरो हेरोईनसहित कृष्णपुर नगरपालिका-५ का २० वर्षीय सुवास चन्दसहित तीन जना मंगलबार साँझ पक्राउ परेका हुन्।
चन्दको कोठामा लागूऔषधको कारोबार भईरहेको छ भन्ने गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिईएको प्रहरी टोलीले कोठामा खानतलासी गर्दा लागूऔषध फेला पारी तीनैलाई पक्राउ गरेको बताएको छ। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।



