सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरबाट ११ लाख बढीका अवैध सामान जफत

२०८० असोज १४, ०५:०३ खबर संवाददाता

कञ्चनपुरः  कञ्चनपुरबाट प्रहरीले ११ लाख मुल्य बराबरका अवैध सामान जफत गरेको छ।

जिल्लाको भीमदत्त नगरपालिका–१० गड्डाचौकीबाट भन्सार छलीका अन्दाजी ११ लाख पाँच सय मुल्य बराबरका मोवाईल, मोवाईलका कभर, चप्पल, सर्टको कपडा, ट्रयाक सुट, साडी, कोट पाइन्टको कपडा, सुट, जुत्ता बनाउने कपडा, उनी, पाखी कपडा लगायतका सामान बेवारीसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका सुचना अधिकारी प्रहरी निरीक्षक पुष्करराज पन्तले बताएका छन्।

बेवारीसे अवस्थामा फेला पारेका सामान कारबाहीका लागि भन्सार कार्यालय गड्डाचौकी पठाईएको जनाएको छ।

कमेन्ट लोड गर्नुस