सुदूर नेपाललाई विश्वसँग जोड्दै

श्रीमानले आगो लगाउँदा घाइते भएकी कञ्चनको मृत्यु

२०७६ वैशाख १४, ११:०३

श्रीमानले मट्टीतेल खन्याएर जलाएकी कञ्चनदेवी मण्डल खत्वेको उपचारको क्रममा मृत्यु भएको छ। घरायसी विवादमा सिरहा नगरपालिका ८ की २१ वर्षीया कञ्चनलाई उनका पति बेचन मण्डल खत्वेले बिहीबार मट्टीतेल खन्याएर जलाएका थिए। आगोले कञ्चनको शरीरको ८० प्रतिशत भाग जलेको थियो। कञ्चनको उपचारका क्रममा शुक्रबार पौने ६ बजे काठमाण्डौको साँखुस्थित सुष्मा कोइराला मेमोरियल अस्पतालमा मृत्यु भएको हो।  धरानको बीपी कोइराला विज्ञान प्रतिष्ठानबाट रेफर गरिएकी कञ्चनलाई शुक्रबार दिउँसो सुष्मा कोइराला मेमोरियल अस्पतालमा भर्ना गरिएको थियो। भर्ना भएको केही घण्टापछि उनको ज्यान गएको माइतीपक्षले जनाएको छ।  

बिहीबार बिहान झण्डै ११ बजेको समयमा घरायसी विवादमा कञ्चनलाई जिउमा आगो लगाएर श्रीमानले जलाएका थिए। आगोले शरीरको ८० प्रतिशत भाग जलेकोले अवस्थामा गम्भीर घाइते फेला परेकी कञ्चनको तत्कालै उपचारका लागि  धारान लगिएको थियो। घटनापश्चात कञ्चनका पति बेचन फरार छन् भने उनकी सासूलाई प्रहरीले पक्राउ गरी अनुसन्धान गरिरहेको सिरहाका प्रहरी उपरीक्षक जीवन श्रेष्ठले जानकारी दिए। माइत पक्षले पति र सासूले छोरीलाई मट्टीतेल खन्याएर जलाएको दाबी गरेको छ। साभार - उज्यालो 
 

कमेन्ट लोड गर्नुस