सुदूर नेपाललाई विश्वसँग जोड्दै

दार्चुलामा मानव कंकाल फेला 

२०८० असोज १३, १०:३९ खबर संवाददाता

दार्चुलाः दार्चुलामा मानव कंकाल फेला परेको छ। जिल्लाको दुहुँ गाउँपालिका–४ गर्खा बिन्नाजोशी ओडार नजिक जंगलमा शुक्रवार कंकाल फेला परेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ।

उक्त कंकाल सोही ठाउँको पोक्से दोरजेरका ७५ वर्षीय धनसिंह लोथ्यालको भएको खुलेको छ। स्थानीयले घर भन्दा करिब ३ किलोमिटर पर सडेगलेको अवस्थामा उक्त कंकाल देखिपछि प्रहरीलाई खबर गरेका थिए। कंकाल लोथ्यालकै भएको प्रहरीले बताएको छ।

उनी घरबाट गत जेठदेखि सम्पर्क विहिन थिए। उनको विगत लामो समयदेखि मानसिक सन्तुलन बिग्रेको प्रहरीले बताएको छ। गत जेठमा परिवारलाई खबरै नगरी घरबाट हिँडेका लोथ्याल लामो समय सम्पर्कमा थिएनन्। घटनाबारे बिस्तृत अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।
 

कमेन्ट लोड गर्नुस