सुदूर नेपाललाई विश्वसँग जोड्दै

पहिलो पटक भारतीय सेनामा महिला सैनिकको भर्ती सुरु

। फोटो स्रोत ।
२०७६ वैशाख १३, ०५:०८ खबर संवाददाता

भारतीय सेनाले पहिलो पटक महिलाहरुलाई सैनिक जवानको रुपमा भर्ती गर्न सुरु गरेको छ। यसभन्दा अघि महिलाहरु केवल अधिकृत रुपमा सेनामा भर्ती गरिन्थ्यो। बिहीबार मात्र भारतीय सेना–प्रहरीमा महिलाहरुलाई जवानको रुपमा भर्ती गर्ने प्रक्रिया सुरु भएको छ। सेनाले मिलिट्री पुलिस केडरमा महिलाको संख्या २० प्रतिशत र्पुयाउने लक्ष्य राखेको छ। 

अहिले १४ लाख सशस्त्र बलका ६५ हजार अधिकारीहरु केडरको रुपमा देखिएका छन्। यसमा थल सेनामा १५ सय, वायुसेनामा १६ सय र जलसेनामा पाँच सय महिलाहरु छन्। सेनामा सहभागी हुने महिलाहरुले अब दुष्कर्म र जबर्जस्तीजस्ता विषयमा जाँच गर्नेछन्।

यसअघि ’सर्ट सर्भिस कमिसन’ अन्तर्गत मेडिकल, सिग्नल, शिक्षा र इन्जिरियरिङ भागमा मात्र महिलाहरुलाई भर्ती गरिन्थ्यो। यद्दपि महिलाहरुलाई युद्धमा भर्ती गर्ने विषयमा बहस चलिरहेको छ। 

भारतीय सेनाले सेनाको मूलमा महिलालाई पनि भर्ना गर्नको लागि अनलाइन पञ्जीकरण पनि सुरु गरेको छ। इच्छुक महिलाहरुले आगमी जुन ८ सम्म आवेदन दिन सक्नेछन्।
 

कमेन्ट लोड गर्नुस