सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा यात्रुवाहक बस नै तस्करीको सामान बोक्नमा प्रयोग, ३७ लाखको सामानसहित एक जना पक्राउ

२०८० असोज ६, ०६:०१ खबर संवाददाता

धनगढीः कैलालीको धनगढीस्थित त्रिनगर नाकाबाट यात्रुवाहक बस सेवाको नाममा भारतबाट अबैध सामानको तस्करी हुने गरेको पाइएको छ। भारतको दिल्लीबाट धनगढी आइपुगेको बसभित्र झण्डै ३७ लाख मुल्य बराबरका अबैध सामानसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

आज (शनिबार) बिहान मात्रै प्रहरी चौकी त्रिनगरबाट प्रहरी वरिष्ठ नायब निरीक्षक रमेशबहादुर खड्काको कमाण्डमा खटिएको टोलीले यात्रुबहाक बसभित्र ठुलो परिणाममा अबैध सामान फेला पारेको हो। जिल्ला प्रहरी कार्यालय कैलालीबाट प्रहरी बरिष्ठ हवल्दार लालबहादुर चन्दको कमाण्डमा समेत खटिएको मोटरसाइकल गस्तीसहितको संयुक्त टोलीले ती सामान नियन्त्रणमा लिएको हो।

धनगढी उपमहानगरपालिका–३ भन्सार नजिक भारतबाट नेपालतर्फ आउदै गरेको बसभित्र अवैध सामान फेला परेका थिए। बस धनी धनगढी उपमहानगरपालिका–१ का ३३ वर्षीय पुरन मगराठीको ना ५ ख २८१६ नम्बरको बसलाई चेकजाँच गर्दा ती सामान फेला परेका हुन्।

No description available.

बसभित्र गौरीगंगा नगरपालिका–५ का २४ वर्षीय रमेश बिकले भारतबाट अबैध रुपमा भित्र्याएका मोवाइल गाडीका पार्टहरु र बससहित करिब ३६ लाख ८० हजार ८ सय मुल्य बराबरका बिना बिलका अबैध सामानहरु प्रहरीले नियन्त्रणमा लिएको छ। बसभित्र अवैध रुपमा भित्र्याएका सुपर ग्लास १३० थान, स्मार्ट ग्लास ८८, सिट फोल्ट गर्ने हाइड्रोलिक १०, पुरानो कलोज पिलेट र वासर २, डिग्गीको सकेट ४, बुस वासर ६, सिट स्पिरिङ १, पेचकस १ र ना ५ ख २८१६ नम्बरको बससहित प्रहरीले आफ्नो नियन्त्रणमा लिएको छ। यसअघि पनि बसभित्रैबाट प्रहरीले ठुलो परिणाममा अबैध सामानसहित थप एक जनालाई पक्राउ गरेको थियो।

भदौ २८ गते मात्र धनगढीबाटै २६ लाख बढी मुल्य बराबरका तस्करीको सामानसहित प्रहरीले एक जनालाई पक्राउ गरेको थियो। कञ्चनपुरको दोधरा–चाँदनी नगरपालिका–९ का ४० वर्षीय राहुल सिलवालसहित अबैध सामान प्रहरीले जफत गरेको थियो। भारतबाट अबैध रुपमा आयात गरिएका सामानसहित ना ५ ख ४७३२ नंम्बरको बसलाई धनगढी उपमहानगरपालिका–३ भन्सारबाट नियन्त्रणमा लिइएको थियो।

बसभित्र २६ लाख ६६ हजार मुल्य बराबरको सामान फेला परेको थियो। सो बसभित्र भारतबाट लुकाएर ल्याउँदै गरेको मोवाइल पार्ट, नक्कली गरगहना, कर्क, ब्याट्री र ईन्भटर लगायतका गरी २६ लाख ६६ हजार मुल्य बराबरका अबैध सामान प्रहरीले नियन्त्रणमा लिएको थियो।

कमेन्ट लोड गर्नुस