शिक्षामा अराजक राजनीति!
गुरु ब्रह्मा गुरु विष्णु गुरुर्देवो महेश्वर
गुरु साक्षात् पर ब्रह्मा तस्मै श्री गुरवे नमः
गुरु विद्यालयमा पढाउने मात्र नभइ ज्ञानको ज्योति लाई सूर्यको किरण झैँ प्रदान गर्ने व्यक्तिलाई भनिन्छ । हाम्रो पहिलो गुरु आमा बुबा वा अभिभावक हुनुहुन्छ भने दोस्रो चाहिँ शिक्षक । गुरु विनाको जीवन मानव जातीले कल्पना सम्म पनि गर्न सक्दैनौँ ! रामायण कथा लेख्ने बाल्टीकी पनि रत्नाकर डाँकु बाट बदलिएर भएका थिए । उनका गुरु नारायणले उनीलाई सत्मार्गमा लाग्न प्रेरणा दिएकै भएर उनले रामायण जस्तो सबैको लोकप्रिय लामो कथा तयार गर्न सफल भए ।
यसबाट मानिसलाई सही मार्गमा लाग्न गुरुको महत्व कति छ भन्ने स्पष्ट हुन्छ । गुरु भन्ने बित्तिकै शिक्षक मात्रै बुझ्ने सामान्य मान्छेको धारणालाई गलत नै भन्न नमिले पनि त्यो उपयुक्त चाहिँ होइन । वास्तवमा गुरु एक मार्गदर्शक हुन् । असल बाटोमा हिँड्न अभिप्रेरित गर्न सक्ने व्यक्ति, जुनसुकै उमेर वर्गको लाई पनि हामी गुरुको दर्जा दिन सक्छौ । मान्छेको गुरु मान्छे नै हुनुपर्छ भन्ने जरुरी छैन ! साँच्चै भन्नुपर्दा यस धर्तीका सबै सजिब प्राणीको गुरु प्रकृति हो । भर्खरै जन्मेको एउटा जङ्गली जनावरको बच्चालाई हिँड्न सिकाउने गुरु पनि प्रकृति अनि वनस्पतिलाई उब्जन सिकाउने गुरु पनि प्रकृति नै हो । एउटा सानो किरोले आब म यो संसारबाट बिदा लिने बेला आयो भनेर सोच्छ तबको अलिबेरमा नै सोही किरो रंगीबिरंगी पखेटा फिँजाएर पुतली बन्छ , यस्तै गरी निराशामा लुकेको आशा नै गुरु हो ।
यो संसारमा भगवान् सरहको दर्जा कसैलाई दिन मिल्छ भने त्यो गुरुलाई हो । हामी सम्पूर्णले गुरुको महत्व बुझेर उहाँलाई आदर गर्न सिक्नुपर्छ । गुरुलाई आदर र सत्कार गर्नु नै हाम्रो जीवनलाई सार्थकता तर्फ उन्मुख गराउनु हो । देशको उत्तम मन र मस्तिष्क भएका व्यक्तिहरूलाई मात्र शिक्षक बनाउनुपर्छ ।
‘शिक्षकहरू राष्ट्रका मेरुदण्ड हुन् ।’ अर्थात् योग्य शिक्षकहरूद्वारा नै विकसित राष्ट्रको निर्माण हुन सक्छ । एउटा असल शिक्षकमा व्यक्तिगत गुणमा राम्रो स्वास्थ्य, आकर्षक व्यक्तित्व, मधुर स्वर, रुचि र उत्साह, धैर्य र सहनशीलता, प्रेम र सहानुभूति, आत्मविश्वास, नैतिकता र चरित्रवान् हुनुपर्छ । नेपालको सन्दर्भमा शिक्षक चुनावी एजेन्डा र संघसंगठनका लागि उपभोग गरिएको पाइन्छ । जुन पेशा आफैँमा मर्यादाको शिखर हो तर राजनीतिक पाटिका सदस्य र संघसंगठन वाट अहिलेको बिसम परिस्थिति सिर्जना भएको हो । जबसम्म शिक्षक , न्यायाधीस , पत्रकार , प्रहरी प्रशासन , स्वास्थ्यकर्मी अनि सरकारी कर्मचारी राजनीतिक संघसंगठनका अगुवा हुन्छन् तबसम्म देश विकास र सुशासनको परिकल्पना गर्नु महा मूर्खता हो ! बालुवामा पानी हाले जस्तै हो । यो बारेमा आम नागरिकले सच्चिनु अनिवार्य आवश्यक भैसक्यो ।
शिक्षक आन्दोलन जायज :
राष्ट्रिय स्तरको शिक्षक सेवा आयोगको परीक्षा उत्तीर्ण शिक्षकलाई स्थानीय तहले कारबाही र अवकाश गर्न पाउने व्यवस्थाले राजनीतिक, पारिवारिक, सामाजिक प्रतिशोध प्रस्ट झल्किन्छ । शिक्षकलाई रचनात्मक विचार र अभिव्यक्ति स्वतन्त्रताबाट कुण्ठित गरिएको छ । मजदुर सरह व्यवहार गरिएको छ । रचनात्मक कार्यमा सदुपयोग गर्दा राष्ट्रमा ठूलै क्षति हुन्छ भन्नु गलत हो । निजामती डाक्टर, इन्जिनियरहरू पनि अन्यत्र सेवा गरेर अनुसन्धान र अनुभवलाई निखार्छन् तर शिक्षकलाई भिन्न किन हेर्छन् र स्थानीय तहमा समायोजन गर्दा स्वतः एक तह बढुवाको अवसर निजामती कर्मचारीले पाए तर शिक्षकलाई केही लाभ नदिइ समायोजन गरेर विभेद गरिएको छ । शिक्षा ऐन २०२८ को दफा ११चड्ड को उपदफा (७) ले २०५२ सालको विज्ञापन अनुसार २०६० साल पछि नियुक्त हुने शिक्षकहरूलाई निवृतभरण प्रयोजनका लागि नपुग अवधि ७ वर्षसम्म अस्थायी सेवा अवधि जोडिने व्यवस्थालाई सम्बोधन नगरि यो विधेयक लागु पछि विभेदमा पर्ने शिक्षकका लागि यो विधेयक अति नै अन्यायपूर्ण वनेको ठहरिन्छ ।
शिक्षक स्थानीय तहमा समायोजन हुने व्यवस्था संविधानमा कतै छैन । संविधानको अनुसूची ८ मा शिक्षाको अधिकार व्यवस्था गर्दा शिक्षकलाई हस्तान्तरण गर्ने कतै लेखेको छैन । तसर्थ शिक्षक स्थानीय तह मातहत राखिनु गलत हो । जबकी निजामती कर्मचारी समायोजन ऐनले सुविधा वृद्धि सहित ऐच्छिक आधारमा कर्मचारी समायोजन गरिएको थियो तर शिक्षकहरू लाई विधेयकमा कुनै आकर्षण र सुविधा नराखिकन शिक्षक नियन्त्रण ऐन जस्तो करिब २,५०,०००÷– (दुई लाख पचास हजार ) जना शिक्षकलाई पीडा दिने विधेयक तयार गर्नु गलत हो ।
सम्पूर्ण आमनागरिकले यो बारे काँधमा काँध मिलाउनु नितान्त आवश्यक छ ।
नेपाल शिक्षक महासङ्घको अगुवाइमा हाल प्रस्तावित शिक्षा विधेयकमा समेटिएका विषयवस्तुलाई लिएर आन्दोलन चिलरहेको छ ।
शिक्षा पेशा अत्यन्तै मर्यादित र समाज रूपान्तरणको मेरुदण्ड रहेको पेशा हुँदाहुँदै राज्यले यो पेशाको अवमूल्यन गरेको पक्कै हो ।
माग सन्दर्भमा स्वचालक ः–
– मागहरूको अध्ययन गर्दा शिक्षण पेशासँग सम्बन्धित भन्दा पनि पेशामा संलग्न शिक्षक /कर्मचारीहरूसँग मात्रै केन्द्रित देखिन्छन ।
– सरकारी/सामुदायिक विद्यालयको गुणस्तर वृद्धि र शिक्षा/शिक्षण पद्धतिको परिवर्तन सम्बन्धमा माग कहीँ कतै बोलेको देखिदैन ।
– सरकारी/सामुदायिक विद्यालयको गेट अगाडिबाट गाडी चढी/ हिडेर निजी विद्यालयमा धाइरहेका विद्यार्थीहरूलाई निजीमा धाउन रोक्न सरकारले गर्नुपर्ने काम कर्तव्यको बारेमा मागहरू चुप देखिन्छन ।
– अन्तर्राष्ट्रिय शिक्षा प्रणाली र त्यससँग प्रतिस्पर्धा गर्न सक्ने हाम्रो शिक्षा प्रणाली बनाउन आवश्यक तत्त्व र पूर्वाधार निर्माणमा राज्य र विद्यालयहरूले गर्नुपर्ने काम कर्तव्यको सन्दर्भमा मागहरू मौन देखिन्छन् ।
–रित्तैदै गरेका सरकारी/सामुदायिक विद्यालयलाई निजि सरह बनाउने सन्दर्भ पनि मागहरू बोलेको देखिदैन ।
– बढ्दो विश्वव्यापीकरण र समयसँग घुलमिल हुने गरि विद्यालय समय बाहेकको समयमा शिक्षकले गर्न सक्ने र गर्न पाउनुपर्ने अन्य आयआर्जनका विषयमा पनि महासङ्घका मागहरू मौन नै देखिन्छन् । त्यसैले हिजो के थियो मनन गर्ने हो । बर्तमन समय परिस्थितिको उपज हो ।
१९ महिनामा २४ लाख युवा विदेश गए । हरेक वर्ष १ लाख २५ हजार विद्यार्थीले १२ कक्षा पास गर्छन् र त्यस मध्ये १ लाख बढी विदेश जान्छन् । विदेश गएका आधा पनि फर्कदैनन् । गाउँ बस्ती सबै रित्तो भै सक्यो । उब्जनी हुने प्राय जमीन बाँझो भै सक्यो । यो समस्याको समाधान गर्ने देशमै समृद्धि हासिल गर्ने मौलिक शिक्षा नीति चाहियो । नेपालको अहिलेको शिक्षक आन्दोलनको एजेन्डा यो हुनु पर्ने की नपर्ने ? गुरुयोजना प्रश्न खडा भएको छ । बौद्धिक जमात अनि समाजका अभिभावक मानिएका शिक्षक नबोले को बोल्ने कसले चिन्ता गर्ने ? एकतामा बल हुन्छ त्यसैले, ‘पहिचान राजनीति बाट हैन ! पेसागत हुनुपर्छ।’
फकिरयात्री कुबेर
ॐ असतो मा सद्गमय
तमसो मा ज्योतिर्गमय
मृत्योर्मा अमृतँ गमय
ॐ शान्ति शान्ति शान्ति ।।
✍️ फकिरयात्री कुबेर