सुदूर नेपाललाई विश्वसँग जोड्दै

विकास निर्माणमा सुस्त मंगलसेन नगरपालिका

२०८२ जेठ ३१, ०४:०५

सुशील भण्डारी : मुलुक संघियतामा गए संगै पहिलो पटक स्थानीय तहको निर्वाचनको रूपमा २०७४ सालमा पहिलो निर्वाचन भयो।

सोही निर्वाचनमा अछामको मंगलसेन नगरपालिकामा नेकपा एमालेको तर्फबाट नगर प्रमुखमा पदम बहादुर बोहरा निर्वाचित भए। मुलुक संघियतामा गइसकेपछी २०७४ साल देखि २०७९ सम्म दुई स्थानीय तहको निर्वाचन भइसकेको छ। सदरमुकामको मुटु मानिने मंगलसेन नगरपालिका भने विकास सुस्त गतिमा हिडिरहेको छ। विकासका हरेक क्षेत्र हरु तिब्र रूपमा अगाडि नबढ्दा गाउँ छोडेर जाने नागरिक हरुको संख्या उत्तिकै छ। गाउँमा सोचे जस्तो विकास नहुदा मंगलसेनबासी हरु बसाइँसराइ गरेर जिल्ला बाहिर जानेकोको संख्या पनि उत्तिकै छ। जनताको आवश्यकताको आधारमा विकास हुनु पथ्र्यो त्यो भएन।

विभिन्न आलोचनाका बीच आफ्नो कार्यकाल सम्पन्न गरेका बोहरा स्थानीय तहको निर्वाचन २०७९ मा पुनः नगर प्रमुखको उम्मेदवारको रुपमा अघि सरे र निर्वचित समेत बने। विभिन्न किसिमका उखान टुक्का हान्दै जनतालाई मख्ख पार्न खप्पिस बोहराको स्थानीय तहको जनप्रतिनिधिको रुपमा काम गर्दै आएको झण्डै ८ वर्ष बित्यो अब दुई वर्षमा उनको कार्यकाल सकिदै छ। नगरको निरन्तर ८ वर्ष नेतृत्व गरेका बोहराले विकासको नाममा सिन्को समेत भाचेका छैन्न। छिमेकी पालिकाका जनप्रतिनिधिहरु विकास निर्माणलाई तिब्र रुपमा अगाडि बढाउदै गएका छन् भने मंगलसेन नगरपालिका नगर प्रमुख बोहरा सुस्त गतिमा छन्।

सदरमुकामको मुटुको रुपमा रहेको नगरपालिका विकासको हिसाबले पुछारमा पुग्नु निकै लज्जास्पद हो। ८ वर्षको जनप्रतिनिधिको भुमिकामा रहेका बोहराले नगरपालिकालाइ कार्यकर्ता भर्तीकेन्द्र बाहेक अरु कुनै रुपमा परिचीत गराउन सकेन्न। वर्सौ देखिको सदरमुकामको सडकको हालत जिउँको तिउ। सदरमुकाम भरिको पÞmोहोर मैला लिएर मान्छेको बस्तीमा फाल्ने त कहिले मध्यपहाडिको सडक छेउछाउमा फालेर त्यही बाटोबाट आवतजावत गर्ने मानिस हरुको स्वास्थ्य र प्रकृतिलाई दुर्गन्धित पार्ने काम गर्नु उहाँको अर्को उपलब्धि हो। बजारक्षेत्रको सडक ठाउँ ठाउमा खाल्डाखुल्डी र हिलाम्मे छ। जसको कारण यहाँका नागरिकले सास्ती खेप्नु परेको छ। छिमेकी पालिका हरुमा संघिय सरकार बाट विभिन्न क्षेत्रको विकासको लागी करोडौं बजेट आएपनि मंगलसेन नगरपालिकामा भने शुन्य छ। नगर प्रमुखको अग्रसरता, संघिय सरकारका विभिन्न मन्त्रालय संगको समन्वय, सहकार्यको कमिले बजेट आउन नसकेको सजिलै ठम्याउन सकिन्छ।

बिगतका दिनमा चप्पल पडकाउदै हिड्ने बोहरा ,पहिलो स्थानीय तहको निर्वाचन २०७४ मा आफू निर्वाचित भए लगत्तै करोड बढीको गाडि खरिद गरि त्यही गाडीमा सवार गर्ने उनमा मोह बढ्यो, नगरपालिकाको विकट वडा नम्व१३ को बाडा बस्तीमा गाडी पुगेको थिएन। त्यहाका नागरिक हरु २÷३ दिन लगाएर नुन लिन सदरमुकाम मंगलसेन बाट नुन लिए घर फर्किन्थे। दुखी बिरामी हुँदा भगवान् भरोसाले कोहि बाच्थे त कोहि उपचार नपाएर तड्पिएर मर्नु पर्ने बाध्यता थियो। भौगोलिक रुपमा टाढा रहेको बाणा,बस्ती,डाडिगडे,खण्टाल्ला लगायत ठाउँका मानिस बिरामी हुँदा स्टेचर पाउदैन थिए। भरखरै निर्वाचित भएका नगर प्रमुख बोहरा करोडौंको गाडीमा हुइकिन्थे ।दुर्भाग्य भन्ने कि?बाणा,बस्ती,डाडिगडे,खण्टाल्लाका नागरिकको आशुले सरापेको भनौं ? करोडौंको गाडिमा हुइकिने गरेका मेयर बोहराको गाडी लामो समय फापेन ,गाडी किनेको ५÷६ महिनामै तत्कालीन नेकपा बिप्लवको एक समुहले त्यो गाडीमा रातको समयमा तत्कालीन नगरपालिकाको कार्यालयको आगनमा आगो लगायो। दनदनी गाडी जलिरह्यो। मंगलसेन बासिका सपना पनि त्यही दिन त्यही गाडिको आगो संगै जलेर गए । यहाँका नागरिकले जुन सपनामा विकास ,परिवर्तन र रुपान्तरण चाहेका थिए । त्यही दिनबाट मंगलसेनबासीले नगरको नेतृत्व गलत मान्छेको हातमा सुम्पिएको महसुस गरेका थिए।

दुर्भाग्यवश २०७९ को स्थानीय तहको निर्वाचनमा पुनः बोहरा निर्वाचित भए । २०७९ को स्थानीय तहको निर्वाचन भएको ३ वर्ष पुरा भयो ,तर यस पालिकाको विकास भने अगाडि बढ्न सकेन। छिमेकी पालिकाहरुले शिक्षा ,स्वास्थ्य ,खानेपानी लगायतका क्षेत्रमा लोभलाग्दो विकास गरेका छन्। त्यो मंगलसेनबासिको लागि सपना हो। कहिलेकाही त यहाँका नागरिक सोच्छन छिमेकी पालिका कमलबजार नगरपालिका, पञ्चदेवल बिनायक नगरपालिका, ढकारी गाउँपालिका जस्ता जनप्रतिनिधि हामीले किन पाएनौं ?कहिले पाउछौ यस्ता विकासप्रेमी जनप्रतिनिधि त्यो मंगलसेनबासिको मनमा खट्किएको प्रश्न हो। मंगलसेन नगरपालिका प्रमुख बोहरा हरेक समय विवादमा मुछिदै आएका एक पात्र हुन् । करोडौं गाडी जलेको काण्ड मात्रै होईन ,आफ्ना छोरा बुहारीलाई आफ्नै पालिकामा जागिर लगाएर पारिवारिक रोजगारी सिर्जना गरेको त्यो उहाँको ठुलो उपलब्धि हो ।

आज पनि हाम्रा मंगलसेन नगरपालिका दाजुभाइ हरु रोजगारीको सिलसिलामा भारतको गल्लि गल्लिमा चौकीदार गर्दै छन। त्यो उनीहरुको रहर नभएर आफू र आफ्नो छोराछोरीको लागी दुई छाक गासको प्रबन्ध गर्नु हो। चुनावताका बेला युवाहरूलाई रोजगारी सिर्जना गर्छु, विदेश पलायन हुन दिदैन भनेर भासण ठोक्ने तिनै मेयर बोहराले आफ्ना छोराबुहारिलाइ रोजगार दिन सम्म भ्याए तर तिनै मेयर बोहराले युवाहरूलाई आफ्नै नगरमा रोजगारी सिर्जना गर्नुको कुरा त सपना मात्रै बन्यो।

उल्टै उनले भारतमा पसिना बगाइ रहेका हाम्रा दाजुभाइ हरुलाइ एक समय बम्बैवाला भनेर हेपेका थिए। अझै दुई वर्ष कार्यकाल बाकी छ मेयर साब आफू र आफ्नाका लागि भन्दा पनि समग्र मंगलसेन बासिको लागी काम गर्नुस्। तपाईँलाई लाग्दो हो म मङ्गलग्रह बाट उदाएर मेयर भएको हु, मंगलसेन नगरका सोझा र इमानदार नागरिकलाई तपाईँका उखान टुक्काले लोभ्याएकै हो,त्यसमा दुई मत छैन। अब ती थोत्रा भ्रमित उखान टुक्का कतिसम्म गर्नु हुन्छ। तपाईमा अझै पनि भ्रम छ उखान टुक्का हालेरै नेता बन्छु भन्ने, यदि त्यो हो भने तपाईंको दिवा सपना हो। यो विज्ञानको युग हो ,परिवर्तनको युग हो यो समयमा पनि विकासले गति लिन सकेन भने आउने निर्वाचनमा यहाका नागरिकले गतिलो जवाफ सहितको नतिजा देखाउने छन्।

 

कमेन्ट लोड गर्नुस