सुदूर नेपाललाई विश्वसँग जोड्दै

श्रीलंका विस्फोटमा मृत्यु हुनेको संख्या घटाइयो

। फोटो स्रोत ।
२०७६ वैशाख १३, १०:४० खबर संवाददाता

श्रीलंका सरकारले गत आइतबार भएका शृंखलाबद्ध विस्फोटमा परी मृत्यु हुनेको संख्या घटाएको छ। सरकारले मृतकको संख्या १०० भन्दा बढी घटाउँदै २५३ मात्र रहेको जनाएको हो। श्रीलंकाको स्वास्थ्य मन्त्रालयले विस्फोटमा परेर मृत्यु हुनेको संख्या गणनामा त्रुटि भएको भन्दै लगभग २५३ जनाको मात्र मृत्यु भएको जनाएको हो।

श्रीलंकाको राजधानी कोलम्बो र पूर्वी शहर बट्टीकालोआमा आत्मघाती हमलाकारीले होटल तथा चर्चलाई निशाना बनाएर आक्रमण गरेका थिए। विस्फोटमा सयौं मानिस घाइते भएका थिए। आक्रमणमा पर्नेहरु अधिकांश श्रीलंकाका नागरिक थिए। केही विदेशी नागरिकको समेत मृत्यु भएको थियो। श्रीलंकामा ९ वटा विस्फोटमा संलग्न रहेको आरोपमा प्रहरीले ७० जनाभन्दा बढीलाई नियन्त्रणमा लिएको छ।

यसैबीच प्रहरीले विस्फोटमा संलग्न भएका ९ जनाको फोटो सार्वजनिक गरेको छ। तीमध्ये आठ हमलाकारी श्रीलंकाली नागरिक नै भएको दाबी अधिकारीहरुले गरेका छन्। विस्फोटको जिम्मा इस्लामिक स्टेटले लिएको छ। सरकारले यसबारेमा छानबिन भइरहेको जनाएको छ।
 

कमेन्ट लोड गर्नुस