सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनकुटामा पिङ खेल्ने क्रममा एक बालकको मृत्यु

सांकेतिक तस्विर
सांकेतिक तस्विर
२०८० असोज ४, ०९:२७ खबर संवाददाता

कठमाडौं: धनकुटामा पिङ खेल्दा लडेर एक बालकको मृत्यु भएको छ। धनकुटा महालक्ष्मी नगरपालिका–०५ का माझिगाँउ बस्ने मदन खड्काको छोरा १० वर्षीय मन्दिप खडकाको पिङ खेल्ने क्रममा लड्दा घटनास्थलमा नै मृत्यु भएको हो। 

बुधबार दिउँसो ४ बजे घर नजिकै रहेको ईपिलको रुखमा जुटको  डोरीको पिङ बनाइ  खेल्ने क्रममा अचानक लड्दा घट्नास्थलमा नै बालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रमुख प्रहरी उपरीक्षक कृष्णप्रसाद कोइरालले जानकारी दिए।

कमेन्ट लोड गर्नुस