कञ्चनपुरमा फरार प्रतिबादी पक्राउ

२०८० असोज ३, ०९:११
कञ्चनपुरः कञ्चनपुरमा फरार प्रतिबादी पक्राउ परेका छन्।
कञ्चनपुरको दोधाराचाँदनी नगरपालिका १ पशुपतीटोलका ३६ वर्षीय गुड्डु भन्ने दयाल सिँह बुढाक्षेत्रीलाई मंगलवार दिउँसो सोही नगरपालिकाबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले बताएको छ।
कञ्चनपुर जिल्ला अदालतले २०७६ वैशाख २८ गते ८ दिन कैद र १० हजार जरिवाना तोकिई उनी फरार रहेका थिए। उनलाई आवश्यक कारबाहीका लागि अदालतमा पेश गरिको छ।




कमेन्ट लोड गर्नुस