सुदूर नेपाललाई विश्वसँग जोड्दै

चार किलो चाँदीसहित एक जना पक्राउ

२०८० असोज २, ०८:५४ खबर संवाददाता

काठमाडौँः चार किलो चाँदीसहित एक जना पक्राउ परेका छन्।  जिल्ला प्रहरी कार्यालय बाराले मंगलवार चार लाख ८० हजार बराबरको सो चाँदीसहित पर्साको वीरगन्ज महानगरपालिका ३ का  राधेश्याम सुनारलाई पक्राउ गरेको हो। 

वीरगन्जबाट कलैयातर्फ आउँदै गरेको मोटरसाइकल चेक जाँच गर्दा लुकाई छिपाई ल्याएको सो चाँदीसहित उनलाई नियन्त्रणमा लिइएको बारा प्रहरीले बताएको छ। उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
 

कमेन्ट लोड गर्नुस