सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा करेन्ट लागेर एक जनाको मृत्यु

२०८० असोज २, ०८:१२ खबर संवाददाता

धनगढीः कैलालीमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ। कैलालीको गौरीगंगा नगरपालिका ९ शंकरपुर स्थित सोही ठाँउ बस्ने कृष्ण तिवारीले सञ्चालन गरेको तिवारी मेटल उद्योगमा फलामको काम गर्ने गौरीगंगा नगरपालिका ७ मनकापुरका ३५ वर्षीय गणेश थारु चौधरीको सोमवार मृत्यु भएको हो।

साँझ सटर बन्द गर्ने क्रममा सटरमा बिद्युत चुहावट भएको कारण अचानक करेन्ट लागेर गम्भिर घाईते भएका चौधरीको उपचारका क्रममा धनगढी स्थित माया मेट्रो अस्पतालमा मृत्यु भएको प्रहरीले बताएको छ। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।
 

कमेन्ट लोड गर्नुस