सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरका दुई जिल्लाबाट ९६ हजार बढीका सामान बरामद 

२०८० असोज १, ११:०० खबर संवाददाता

धनगढीः सुदूरपश्चिमका दुई जिल्ला कैलाली र कञ्चनपुरबाट ९६ हजार बढीका सामान बरामद गरिएको छ।

कैलाली जिल्लाको धनगढी उपमहानगरपालिका–२ मिलनचोकबाट भन्सार छलि गरी ल्याएका अन्दाजी ५३ हजार मूल्य बराबरको लेडिज सुट, सारी, धोती, चिनी लगायतका सामान र धनगढी उपमहानगरपालिका–३ राष्ट्रिय वाणिज्य बैङ्क नजिकबाट अन्दाजी ७ हजार ५ सय मूल्य बराबरको बिडी आइतवार प्रहरी गस्ती टोलीले बेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको हो।

यस्तै कञ्चनपुरको भिमदत्त नगरपालिका–१० बिद्युत कार्यालय अगाडीबाट भन्सार छलिगरी ल्याएका अन्दाजी ३५ हजार ९ सय १० मूल्य बराबरको चिनी, पेय पदार्थ (डिउ), बिष्कुट, नमकिन लगायतका सामानहरु आइतबार प्रहरीले बेवारिसे अवस्थामा फेला पारी बरामद गरेको हो। उक्त सामान आवश्यक कारबाहीको लागि भन्सार कार्यालय पठाइएको प्रहरीले बताएको छ।


 

कमेन्ट लोड गर्नुस