कैलालीमा भन्सार छली ल्याइएका सामान बरामद
कैलाली: कैलाली जिल्लाका विभिन्न स्थानबाट भारतबाट भन्सार छली अवैध रूपमा ल्याइएका सुर्ती, बोइलर कुखुरा, किरानाका सामान तथा कम्पेन मेसिनका विभिन्न पार्टपुर्जासहित करिब रु. ५८ हजार ९० बराबरका सामान प्रहरीले बरामद गरेको छ।
आइतबार जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहतका कार्यालयबाट खटिएको प्रहरी टोलीले ती सामानहरू बेवारिसे अवस्थामा फेला पारेको हो। प्रहरीले आवश्यक प्रक्रिया पूरा गरी बरामद सामान नियन्त्रणमा लिएको जनाएको छ।