प्रधानमन्त्री प्रचण्ड र राष्ट्र सङ्घका महासचिवबीच भेटवार्ता
२०८० असोज १, ०७:४२
काठमाडौँ: प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' र संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टोनियो गुटेरेसबीच आज भेटवार्ता भएको छ।
अमेरिकाको न्यूयोर्कस्थित राष्ट्र सङ्घको मुख्यालयमा भएको भेटमा नेपालको शान्ति प्रक्रियाको बाँकी काम, जलवायु परिवर्तन, एलडीसी, विकास, आपसी सहकार्य र साझेदारी लगायतका विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। शनिवार अमेरिका प्रस्थान गरेका प्रधानमन्त्री प्रचण्ड आइतवार पुगेका थिए।
कमेन्ट लोड गर्नुस