सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा लागूऔषधसहित एक जना पक्राउ

२०८० भदौ २६, ०७:३२ खबर संवाददाता

धनगढीः कैलालीमा लागूऔषधसहित एक जना पक्राउ परेका छन्। जिल्लाको टिकापुर नगरपालिका-९ खक्रौलाबाट २ ग्राम लागूऔषध खैरो हेरोईनसहित सोही नगरपालिका वडा नम्बर-७ बस्ने २२ वर्षीय रोशन बुढालाई सोमवार साँझ प्रहरीले पक्राउ गरेको हो।

प्रहरी चौकी कालाकुण्डाबाट खटिइएको प्रहरी टोलीले चेकजाँच गर्दा उनको साथबाट लागूऔषध फेला पारी पक्राउ गरेको जनाएको छ। यस सम्बन्धमा थप अनुसन्धान भईरहेको छ।
 

कमेन्ट लोड गर्नुस