सुदूर नेपाललाई विश्वसँग जोड्दै

प्रथम संस्करणको साउथ एसियन कराँते प्रतियोगितामा नेपाल विजयी

२०८० भदौ २५, ०३:५२ खबर संवाददाता

बैतडीः  भारतको चेन्नाईमा सम्पन्न प्रथम संस्करणको साउथ एसियन कराँते प्रतियोगितामा नेपाल पहिलो हुन सफल भएको छ।

बैतडीका राजेन्द्र कलौनीले बङ्लादेशका खेलाडीलाई पराजित गरि नेपाललाई प्रथम स्थान हासिल गराएका हुन्। राजेन्द्रले गोल्ड मेडल प्राप्त गरेका छन्। नेपालले बङ्लादेशलाई हराएर प्रथम भएको हो। प्रतियोगितामा बङ्गलादेश दोस्रो र भारत तेस्रो भएको छ।

नेपाललाई गोल्ड मेडल दिलाउन सफल कलौनी नेपाल लोकतान्त्रिक खेलकुद संघ बैतडीका अध्यक्षसमेत हुन्। जापान कराँते डो.कोशिकाई सितोरियो संघ नेपालको आयोजनामा भएको प्रतियोगितामा नेपाल सहित, भारत, बङ्गलादेश, भुटान र श्रीलंका सहभागी थिए। 
 

कमेन्ट लोड गर्नुस