सुदूर नेपाललाई विश्वसँग जोड्दै

नेपालको राष्ट्रिय फुटसल टोलीको घोषणा

२०८० भदौ २५, ०८:१४ खबर संवाददाता

सन् २०२४ मा मंगोलियामा हुने एएफसी फुटसल एसियन कप छनोटका लागि नेपाली टोली घोषणा भएको छ।​ नेपाली टोलीका मुख्य प्रशिक्षक गौरव बस्नेतले आइतबार १४ सदस्यीय अन्तिम टोली घोषणा गरेका हुन्। 

करिब २०० खेलाडीबाट शुरु भएको खुला छनोटबाट २५ जना मत्स्या रिक्रिएसन सेन्टरमा बन्द प्रशिक्षणमा थिए। ती २५ जनाबाट १४ जना परेका हुन्। छनोटको समूह डी मा रहेको नेपालले भियतनाम, दक्षिण कोरिया र मंगोलियाको सामना गर्नेछ। अक्टोबर ७ देखि ११ सम्म समूह डीका खेल हुनेछन्। 

३१ टोलीलाई आठ समूहमा विभाजन गरिएको छ। आठ शीर्ष टोलीसहित सात उत्कृष्ट समूह उपविजेताले फुटसल मंगोलियामा हुने एसियन कपमा स्थान बनाउने छन्।

फुटसल खेल्ने अन्तिम टोलीः

गोलकिपर– सागर गुरुङ र आशिष दंगाल।

फिक्सो– विजय श्रेष्ठ, सरोज तामाङ र सान्जे स्याङ्त्यान।

आला– रजत तिवारी, आदिल हमिद, सुमित श्रेष्ठ, अरुज सिंह, अमित तामाङ, दिपेश घले र उज्वोल शाही।

पिभोट– मणिकुमार लामा र सुजित बुढाथोकी।

कमेन्ट लोड गर्नुस