सुदूर नेपाललाई विश्वसँग जोड्दै

दार्चुलामा ट्रयाक्टर दुर्घटना हुँदा दुई जना घाइते 

२०८० भदौ २०, ०७:५३ खबर संवाददाता

दार्चुलाः  दार्चुलामा ट्रयाक्टर दुर्घटना हुदा दुई जना घाइते भएका छन्।

जिल्लाको मार्मा गाउँपालिका वडा नम्बर–३ लटिनाथस्थित गोकुलेश्वरको भित्री कच्ची सडकखण्डमा बुधवार से २ च १४८१ नम्बरको ट्रयाक्टर दुर्घटना भएको हो। उक्त दुर्घटनामा परेर मार्मा गाउँपालिका–३ लटिनाथका चालक २१ वर्षीय सुनिल विष्ट र सहचालक घोडाघोडी नगरपालिका–१० पहलमानपूरका ३४ वर्षीय रामलखन चौधरी सामान्य घाइते भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ।

ट्रयाक्टर मार्माको विटुलेबाट सिमेन्ट लिएर लटिनाथतर्फ गइरहेको थियो। ट्रयाक्टर सडक बाट करिब एक सय मिटर तल नदीको किनारामा खसेको छ। 
 

कमेन्ट लोड गर्नुस