सुदूर नेपाललाई विश्वसँग जोड्दै

दार्चुलाको तिंकरमा सशस्त्र प्रहरी बलको वोर्डर आउट पोष्ट स्थापना हुने

२०८० भदौ २०, ०४:०७ खबर संवाददाता

दार्चुलाः  दार्चुलाको तिंकरमा सशस्त्र प्रहरी बलले वोर्डर आउट पोष्ट स्थापना गर्ने भएको छ।

जिल्लाको व्यासँ गाउँपालिका –१ तिंकरमा सशस्त्र प्रहरी बलको भोलि (बिहीवार) वोर्डर आउट पोष्ट स्थापना हुने  सशस्त्र प्रहरी बल नेपाल ४४ गण हेडक्वाटर दार्चुलाका उपरीक्षक डम्बर बहादुर विष्टले बताए।

विशेषगरी चीन सीमा नजिक उक्त क्षेत्रबाट सीमामा हुने अपराध नियन्त्रण लागु औषध ओसारपसार जस्ता आपराधिक गतिविधिलाई नियन्त्रण गर्नका लागि तथा सीमानाकामा हुने विवाद रोक्नमा सहज हुने सशस्त्र प्रहरी बल नेपाल ४४ गण हेडक्वाटर दार्चुलाका उपरीक्षक विष्टले बताए। वोर्डर आउट पोष्ट स्थापनाका लागि सशस्त्र प्रहरी नायब महानिरीक्षक वंशीराज दाहाल (एआईजी) दार्चुला आउने भएका छन्।

कमेन्ट लोड गर्नुस