सुदूर नेपाललाई विश्वसँग जोड्दै

दार्चुलाकी ८५ वर्षीया भागरथीको उनकै नातिले हत्या गरेको खुलासा

२०८० भदौ १७, ०९:२३ खबर संवाददाता

दार्चुलाः  दार्चुलामा भदौ ९ गत हतियार प्रहार गरि हत्या गरिएकी वृद्धाका हत्यामा संगलग्न आरोपितलाई सार्वजनिक गरिएको छ।

दार्चुलाको मालिकार्जुन गाउँपालिका–७ स्थित टोपालीकी ८५ वर्षीया वृद्धा भागरथी चन्दको भदौ ९ गते चक्कु प्रहारबाट हत्या गरिएको थियो। उनको घाँटी र छातीमा चक्कु प्रहार गरिएको थियो।  आज उनको हत्या आरोपितलाई प्रहरीले पत्रकार सम्मेलन गरि सार्वजनिक गरेको दार्चुला जिल्लाका डिएसपी तर्कराज पाण्डेले बताए।

प्रहरी कार्यालयमा आइतबार पत्रकार सम्मेलन गरी प्रहरीले वृद्धाका हत्या आरोपित नातिसहित दुई जनालाई सार्वजनिक गरेको हो। वृद्धा चन्दको हत्या आरोपमा उनका नाति मालिकार्जुन गाउँपालिका– ७ का २१ वर्षीय दिपक चन्द र दुहु गाउँपालिका–३ का १८ वर्षीय आशीष बमलाई प्रहरीले सार्वजनिक गरेको छ। भदौ ८ गते हजुरआमाले पैसा नदिएपछि हत्या गरी उनीहरु फरार रहेका थिए।

फरार आरोपित दुबै जनालाई प्रहरीले भिमदत्त नगरपालिका–४ स्थित महेन्द्रनगर बसपार्कबाट भदौ १२ गते पक्राउ गरेको भए पनि घटनाको अनुसन्धान पछि आरोपितलाई आज सार्वजनिक गरेको हो। उनीहरुले घरमा एक्लै रहेकी वृद्धा एकल महिलालाई दुवै जनाले धारिलो हतियार हसिया, कैची र चक्कुले प्रहार गरी हत्या गरेकोे स्वीकार गरेका छन्।

वृद्धाको हत्या पछि उनीहरुले १०० दरका अमरेकी डलरका पाँच नोट तथा १००० को कोरियन नोट १ नेपाली ४० हजार रुपैयाँ र एक तोला सुन लुटेर फरार भएका थिए। उनीहरुविरुद्ध ज्यानसम्बन्धी कसुर तथा अपराधमा मुद्दा दर्ता गरेर अनुसन्धान थालिएको डिएसपी पाण्डेले बताए।
 

कमेन्ट लोड गर्नुस