सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा गौ हत्या विरुद्ध र्‍याली निकालिने

२०८० भदौ १०, ०६:२८ खबर संवाददाता

धनगढी: धनगढीमा गौ हत्या विरुद्ध सद्भाव र्‍याली निकालिने भएको छ। भदौ १२ गते मंगलवार गौ हत्या विरुद्ध धनगढीमा सद्भाव र्‍याली निकालिने भएको हो। वैदिक सनातन धर्मधाराका विरुद्ध केही दिन अगाडि धरानमा गोरु काटेर भोज गरिएको घटना सनातन धर्म विरोधी गतिविधि भएको ठहर गर्दै धनगढीमा पनि र्‍याली निकालिन लागिएको छ।

ओमकार परिवार धनगढीको आयोजनामा निकालिने र्‍यालीमा सबैलाई  सहभागी हुन आग्रह गरिएको छ। आइतबार धनगढीको लक्ष्मीनारायण मन्दिरमा बसेको बैठकले मंगलवार र्‍याली निकाल्ने निर्णय गरेको हो। धनगढी ट्राफिक चौराहबाट शुक्रबार बिहान ११ बजे निस्किने र्‍याली जिल्ला प्रशासन कार्यालय अगाडि पुगेर कोण सभामा परिणत हुनेछ।

कोण सभापछि गौ हत्या रोक्न माग गर्दै प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाउने निर्णय गरिएको लक्ष्मीनारायण मन्दिरका व्यवस्थापक हरि न्यौपानेले बताए।

कमेन्ट लोड गर्नुस