सुदूर नेपाललाई विश्वसँग जोड्दै

बाजुराका सबै स्थानीय तहको  बजेट सार्वजनिक

२०८३ असार ११, १२:४० रासस

बाजुरा: यहाँका चार नगरपालिका र पाँच गाउँपालिकाका नगर उपप्रमुख र गाउँपालिकाका उपाध्यक्षले आर्थिक वर्ष २०८३/८४ का लागि बुधबार बजेट प्रस्तुत गरेका  छन्।

उक्त  निकायले  सदरमुकाम मार्तडीमा शिक्षा, कृषि, स्वास्थ्य र पूर्वाधारमा  जोड दिँदै बजेट नगर तथा गाउँसभामा सार्वजनिक गरेका हुन्।  

बडीमालिका नगरपालिकाका उपप्रमुख नन्दाकुमारी थापाले  आव  २०८३÷८४ का लागि रु ५१ करोड ६९ लाख १९ हजारको  बजेट सभामा प्रस्तुत गरेका छन्। 
  
बुढीगङ्गा नगरपालिकाकी उपप्रमुख माया खड्का (कुँवर) ले आव २०८३÷८४ का लागि रु ५६ करोड ५७ लाख १४ हजार बजेट सभामा पेस गरे। 

त्रिवेणी नगरपालिकाले रु ५४ करोड ९५ लाख ७२ हजारको बजेट सभामा प्रस्तुत गरे।  

सभामा नगर उपप्रमुख कमलाकुमारी जैशी (न्यौपाने) ले चालुतर्फ रु ३५ करोड १८ लाख ४४ हजार र पुँजीगततर्फ रु १९ करोड ७७ लाख २८ हजार बजेट  जाहेर गरेका हुन्।  
 
बुढीनन्दा नगरपालिकाले पनि रु ५७ करोड छ लाख ९६ हजार बजेट सभामा प्रस्तुत गरेका छन्।  

नगर उपप्रमुख रामबहादुर बोहराले  चालुतर्फ रु ३७ करोड ९४ लाख ४८ हजार र पुँजीगततर्फ रु १९ करोड, आठ लाख ४८ हजार विनियोजन गरेका हुन्।
  
हिमाली गाउँपालिकाका उपाध्यक्ष राजकला सार्कीले आव २०८३/८४ का लागि रु ४३ करोड ६८ लाख ३९ हजार बजेट पेस गरे। 

उनले पुँजीगततर्फ रु १८ करोड एक हजार र चालुतर्फ रु २५ करोड ६८ लाख २१ हजार  प्रस्तुत गरेका हुन्।
 
स्वामीकार्तिक खापर गाउँपालिकाका उपाध्यक्ष सुलोचनाकुमारी भण्डारी (बुढा) ले रु ४४ करोड १६ लाख दुई हजार बजेट गाउँसभामा प्रस्तुत गरेका छन्। 

जगन्नाथ गाउँपालिकाले रु ३८ करोड ६३ लाखको बजेट प्रस्तुत गरेको छ।
 
गाउँपालिकाले  चालुतर्फ रु २३ करोड ६८ लाख १० हजार ५०० र पुँजीगततर्फ रु १४ करोड ९४ लाख ९० हजार ५००  विनियोजन गरेको छ।   

खप्तड छेडेदह गाउँपालिका उपाध्यक्ष विसुदेवीनाथले आव २०८३-८४ का लागि सभामा रु  ५३ करोड १५ लाख ६९ हजारको बजेट पेस गरेका छन्।
 
गौमूल गाउँपालिकाका उपाध्यक्ष सीता थापाले  आव २०८३÷८४ का लागि रु  ४० करोड ३१ लाख २९ हजार बजेट गाउँसभामा प्रस्तुत गरे।  
 
थापाले गाउँसभामा चालुतर्फ रु २८ करोड ६० लाख २७ हजार र पुँजीगततर्फ रु ११ करोड ७१ लाख दुई हजारको  बजेट पेस गरेका हुन्। 

सभामा प्रस्तुत गरिएका सबै स्थानीय तहका बजेटले शिक्षा, स्वास्थ्य, कृषि, पूर्वाधार विकास, पर्यटन लगायतमा जोड दिइएको छ। 

कमेन्ट लोड गर्नुस