सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीको फूलबारी क्षेत्रमा खानेपानी धारा जडान खुला

६ वटा चोकमा तत्काल सेवा सुरु हुने

२०८३ असार ११, ०२:४३ खबर संवाददाता

धनगढी: नेपाल खानेपानी संस्थान धनगढी शाखाले धनगढी उप-महानगरपालिका वडा नं. १४ टिपो (फूलबारी) क्षेत्रका बासिन्दाका लागि खानेपानीको धारा जडान प्रक्रिया सुरु गर्न आह्वान गरेको छ।

संस्थानले एक सार्वजनिक सूचना जारी गर्दै उक्त क्षेत्रमा निर्माण सम्पन्न भएको खानेपानी ट्याङ्की तथा वितरण पाइपलाइनको अधिकांश स्थानमा परीक्षण, मर्मत तथा आवश्यक सुधार कार्य सम्पन्न भइसकेको जनाएको छ। केही स्थानहरूमा अझै पनि परीक्षण कार्य भइरहेको भएतापनि परीक्षण सफल भई सञ्चालनयोग्य भइसकेका क्षेत्रहरूमा तत्काल सेवा उपलब्ध गराउन लागिएको हो।

खानेपानी सेवा उपभोग गर्न इच्छुक उपभोक्ताहरूलाई धारा जडान प्रक्रियाका लागि धनगढी शाखा कार्यालयमा सम्पर्क राख्न संस्थानले अनुरोध गरेको छ।

संस्थानले जारी गरेकाे सुचना अनुसार तत्काल धारा जडान गरी खानेपानी सेवा सञ्चालन गर्न सकिने स्थानहरु:
१. ओझा चोक           २. बजुरेली चोक           ३. बझाङ्गी चोक           ४. पानी पोखरीको उत्तर तर्फ रिङ्गरोड चोक          ५. पिपलबोट विष्ट चोक             ६. दुर्गा मन्दिर

कमेन्ट लोड गर्नुस