सुदूर नेपाललाई विश्वसँग जोड्दै

नक्कली शैक्षिक प्रमाणपत्र प्रकरणमा थप एक जना डाक्टर पक्राउ

२०८० साउन २६, ०७:५९ खबर संवाददाता

काठमाडौंः  नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र बनाएर चिकित्सक बनेको आरोपमा एक डाक्टर पक्राउ परेका छन्।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले उनलाई काठकाडौंबाट पक्राउ गरेको हो। पक्राउ पर्नेमा डा पुनम थापा रहेका केन्द्रीय अनुसन्धान ब्यूरो सिआइबीका प्रवक्ता तथा प्रहरी उपरीक्षक नवराज अधिकारीले बताए। उनका अनुसार थापालाई आज काठमाडौंबाट पक्राउ गरिएको हो।

नक्कली शैक्षिक प्रमाणपत्र बनाउनेविरुद्ध ब्यूरोले अपरेसन थालेको छ। प्रमाणपत्र कीर्ते प्रकरणमा थापासहित पक्राउ पर्नेको सङ्ख्या आठ पुगेको केन्द्रीय अनुसन्धान ब्यूरो सिआइबीले जनाएको छ। यसअघि कांग्रेसका सांसद सुनील शर्मासहित सात जनालाई पक्राउ गरिसकेको प्रहरीले जनाएको छ।
 

कमेन्ट लोड गर्नुस