सुदूर नेपाललाई विश्वसँग जोड्दै

तातोपानी नाका खुल्ने पक्का : पूर्वमन्त्री सापकोटा

। फोटो स्रोत ।
२०७६ वैशाख ८, ०७:१७ खबर संवाददाता

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता एवम् पूर्वमन्त्री अग्निप्रसाद सापकोटाले तातोपानी नाका खुल्ने सुनिश्चित भइसकेको बताएका छन्।

सिन्धुपाल्चोकका प्रतिनिधिसभाका सांसदसमेत रहनु भएका नेता सापकोटाले प्रधानमन्त्री केपी शर्मा ओली र पार्टी अध्यक्ष पुष्पकमल दाहालको प्रयासमा तातोपानी नाका खोल्ने कुरा सुनिश्चत भइसकेको बताएका हुन।

आइतबार काठमाण्डौमा आयोजित एक कार्यक्रममा उनले भूकम्पपछि बन्द रहेको सो नाका खुलाउन आफूले सांसदको रुपमा ठूलो प्रयास गरेको पनि बताए।

राष्ट्रका लागि करोडौंको राजस्व संकलन हुने र सिन्धुपाल्चोक जिल्लाको आयआर्जनमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने भएकाले पनि सो नाका खुलाउन चीन सरकारसँग पहल गर्नुपरेको नेता उनको भनाई छ।

नेता सापकोटाले नेपालले सुरक्षा चुनौती हुन नदिने प्रतिबद्धता जनाएपछि चीन सरकार सो नाका खुलाउन तयार भएको पनि स्पष्ट पारे।
 

कमेन्ट लोड गर्नुस