सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीको गोदावरी नदीमा फसेका ६ जनाको उद्दार

२०८० साउन २३, ०७:२५ खबर संवाददाता

धनगढीः कैलालीको गोदावरी नदीमा फसेका ६ जनाको उद्दार गरिएको छ। सोमवार राति अचानक आएको बाढीका कारण नदीको बीच भागमा फसेका ६ जनाको उद्दार गरिएको हो।

करिब साढे १० बजेको समयमा आएको बाढीका कारण फसेकाहरुको ११ बजे राति उद्दार गरिएको इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ। इलाका प्रहरी कार्यालय मालाखेतीबाट प्रहरी निरिक्षक रबिन्द्रसिंह कार्कीको कमाण्डमा ११ जनाको प्रहरी टोली, संगै नेपाली सेना, सशस्त्र प्रहरी र स्थानीयको सहयोगमा नदीको बीच भागमा फसेकाहरुको उद्दार गरिएको बताइएको छ।

प्रहरीले नदीमा फसेकाहरुमा ५ जना पुरुष र १ जना महिलागरी ६ जनाको उद्दार गरेको हो। नदीमा फसेकाहरुको सकुसल उद्दार गरिएकाले मानविय क्षती नभएपनि भौतिक क्षतिको विवरण भने प्राप्त हुन नसकेको प्रहरीले जनाएको छ।

उनीहरु नदी किनारामा बस्दै आएका भएपनि पानीको वहाव बढेर नदी दुइ भागमा विभाजित हुँदा उनीहरु बीच टापुमा फसेका थिए। फसेका व्यक्तिहरुको विवरण भने प्रहरीले खुलाएको छैन्।
 

कमेन्ट लोड गर्नुस