सुदूर नेपाललाई विश्वसँग जोड्दै

’नेपाली शब्दसागर’का लेखक वसन्तकुमार शर्माको निधन

२०७६ वैशाख ७, ०४:२१ खबर संवाददाता

नेपालको सबैभन्दा ठूलो शब्दकोश ’नेपाली शब्दसागर’का लेखक वसन्तकुमार शर्मा ’नेपाल’को  ९७ वर्षको उमेरमा निधन भएको छ। लामो समयदेखि छातीको संक्रमणबाट अस्वस्थ शर्माको शनिबार चावहिलमा रहेको आफ्नै निवासमा निधन भएको हो।

वि.सं. १९८४ मा काठमाण्डौकै महाराजगञ्जमा जन्मिएका शर्मा साहित्यकार पनि हुन्।  ’नेपाली शब्दसागर’लगायत उनका करिब एक दर्जन साहित्यिक कृतिहरु प्रकाशित छन्। संस्कृत साहित्यमा स्नातक र नेपालीमा स्नातकोत्तर गरेका शर्माले नेपाल भाषा प्रकाशिनी समिति र भाषानुवाद परिषद्मा पनि काम गरेका थिए।
 

कमेन्ट लोड गर्नुस